दल

कांग्रेस महाधिवेशनमा विदेशी नागरिकतामाथि कडाई

इकागज |
मंसिर १३, २०७८ सोमबार ७:२६ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन जाने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।

पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् । 


नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।


Author

थप समाचार
x