दल

एमालेको १० औँ महाधिवेशन

एमाले उम्मेद्वारको अन्तिम नामावली प्रकाशित

उपाध्यक्ष, सचिव र सदस्यमा चर्को प्रतिष्पर्धा !

इकागज |
मंसिर १३, २०७८ सोमबार २३:२१ बजे

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गरेकाको अन्तिम नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्यरातमा अन्तिम नामावली प्रकाशित गरेको छ ।

सार्वजनिक गरिएको अन्तिम नामावलीमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्ममा उम्मेद्वारी छ । तर धेरै केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि उम्मेद्वारी दिएकाहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।


प्रकाशित नामावलीअनुसार ६ जना उपाध्यक्षका लागि ७ जनाको प्रतिष्पर्धा छ । जसमा घनश्याम भुसाल थपिएपछि सर्वसम्मत भनिएकामध्ये को चुनावी मैदानबाट बाहिरिने हो भन्ने टुंगो लाग्नेछ । यस्तै सचिवमा ७ जनाको पदका लागि ९ जनाको प्रतिष्पर्धा छ । 

खुल्ला सदस्यमा ८४ जनाका लागि १०० जनाको प्रतिष्पर्धा छ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलको प्रतिष्पर्धा छ । मतदान राती २ बजेदेखि सुरु हुनेछ ।

 

 

 

 


Author

थप समाचार
x