दल

उपाध्यक्षमा घनश्याम भुसालकाे हार

इकागज |
मंसिर १४, २०७८ मगलवार १६:३ बजे

फाइल फोटो

काठमाडौँ - एमालेको उपाध्यक्षमा घनश्याम भुसालले पनि चुनाव हारेका छन् । एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७५ सर्वाधिक मत ल्याएर विजयी हुँदा घनश्याम भुसालले भने ७२५ मत मात्रै ल्याए । 

यस्तै उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै जित हात पारे । 


आज निर्वाचित भएका ६ जना उपाध्यक्ष यसअघि ओलीले प्रस्तावित गरेका नाम हुन् । तर घनश्याम भुसालले उम्मेद्वारी दिएपछि उनीहरुले पनि चुनावमा भाग लिनु परेको थियो । अध्यक्षमा केपी शर्मा ओलीले चुनाव जितेका छन् । भीम रावलले भने हारेका छन् । 


Author

थप समाचार
x