दल

कर्णालीका नवनियुक्त आर्थिक मामिला मन्त्री विष्टले लिए शपथ

इकागज |
मंसिर १५, २०७८ बुधबार ७:० बजे

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले  विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गरेका हुन् । 


सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । रासस 
 


Author

थप समाचार
x