दल

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

इकागज |
मंसिर १५, २०७८ बुधबार १२:१७ बजे

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । उनले हिजो प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावको मत विभाजन आज दिउँसो एक बजे बस्ने बैठकमा गराइने भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

एमालेको १० औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन गएको हुँदा मंगलबारको बैठक औपचारिकतामा सीमित भएको थियो । प्रतिपक्ष अनुपस्थित भएका कारण मत विभाजनको काम नगरिएको संसद सचिवालयले जानकारी दिएको छ । हाल प्रदेशसभामा ३५ सांसद छन् । बहुमतमा ल्याउन १८ मत आवश्यक पर्छ । 



Author

थप समाचार
x