दल

कांग्रेस बागमतीको नेतृत्वका लागि केसी, बानियाँ र प्रधानबीच प्रतिस्पर्धा हुने

इकागज |
मंसिर १६, २०७८ बिहीबार १०:२५ बजे

काठमाडौँ - कांग्रेस बागमती प्रदेश नेतृत्वका लागि तीन जना बीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशको नेतृत्वका लागि जगदिश्वरनरसिंह केसी, इन्द्र बानियाँँ र भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुन लागेको हो । 

कांग्रेसको तीन गुटबाट तीनजना उम्मेदवार हुने भएका हुन् । संस्थापन पक्षले पूर्व गृहराज्यमन्त्री बानियाँलाई अघि सारेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व रक्षामन्त्री भीनसेनदास प्रधानलाई सभापतिका रुपमा अगाडि सारेको छन् भने संस्थापन इतरको पौडेल-कोइराला खेमाले निवर्तमान नुवाकोट सभापति केसीलाई अघि सारेको हो । केसी प्यानलबाट उपसभापति काठमाडौंका मोहन बस्नेत र चितवनका राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा काभ्रेका कञ्चनचन्द्र बादे र मकवानपुरको रामचन्द्र अर्याल उम्मेदवार हुने भएका छन् । अन्य पदाधिकारी र सदस्यको टुंगो आज लाग्ने बताइएको छ । बाँनिया र प्रधानकाे प्यानलबाट पदाधिकारी र सदस्यमा काे काे लड्ने भन्ने टुंगाे लाग्न सकेकाे छैन् ।


संस्थापनइतरबाट धादिङका पूर्व पार्टी सभापति रमेश धमला र काभ्रे कांग्रेसका पूर्वसभापति मधु आचार्य आकांक्षी देखिएका थिए । दुवैजनालाई बुधबार सहमति गराइ पौडेल-कोइराला खेमाले केसीलाई अगाडि सारेको हो । 

कांग्रेसले सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन गर्दैछ । संस्थापनइतर समूहले उम्मेदवारबो टुंगो लगाउन सातै प्रदेशमा नेताहरु खटाएको थियो । बागमतीमा उम्मेदवारको टुंगो लगाउन अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशमान सिंह र गगन थापालाई जिम्मा दिइएको थियो ।  


Author

थप समाचार
x