दल

प्रतिनिधिहरुलाई डा‍. शेखरको आग्रह- युग सुहाउँदो कांग्रेस निर्माणको पक्षमा उभिनुहोस्

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १४:४ बजे

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भविष्यको कांग्रेस निर्माणका लागि सम्पूर्ण प्रतिनिधिहरुलाई अन्तरआत्माको कुरा सुन्न आग्रह गरेका छन् । 

को नेतृत्वमा पुग्छ भन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने सोही अनुसार अन्तरआत्माको पुकार सुन्न कोइरालाले सबैलाई आग्रह गरेका हुन् । 


आज (शुक्रबार) प्रदेश १ को प्रदेश अधिवेशन उद्घाटन गर्दै कोइरालाले पार्टी गतिशील र उर्जावान बनाउन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता रहेको औल्याए ।

 उनले भने, 'चालु महाधिवेशनले हामीलाई युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर दिएको छ ।' कांग्रेसको ईतिहाँस र संघर्षका गाथा जति बलिदानपूर्ण र गौरवशाली छ पार्टीको वर्तमान अवस्था ठिक नभएको कोइरालाको भनाइ छ । उनले विपीले देशमा संकट भए एक मुठी देशको माटो समाएर निर्णय लिन सुझाएको स्मरण गर्दै सबै प्रतिनधिलाई विवेक पुर्‍याउन सुझाव दिए । 

उनले भने, 'कांग्रेसमा अहिले देखिएको भागबन्डा, गुट र फुट अन्त्यकोलागि ती तमाम सहिदहरूलाई स्मरण गरेर भविष्यको कांग्रेसवारे अन्तरआत्माको पुकार सुन्नु पर्नेछ। त्यो अन्तरआत्माको आवाजवाट नयाँ कांग्रेस प्रस्फुटन हुनेछ ।'


Author

थप समाचार
x