दल

गुरुराज घिमिरे दुई मतले पराजित

इकागज |
मंसिर २०, २०७८ सोमबार ६:२१ बजे

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरे २ मतले पराजित भएका छन् । प्रदेश १ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भएका छन् । थापा यसअघि झापा जिल्लाका सभापति थिए । 

घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला समूहको समर्थनमा सभापतिको उम्मेदवार बनेका हुन् । 


प्रदेश १ मा कुल १ हजार सात सय ५२ मत खसेको थियो, जसमध्ये थापाले ८४४ मत र घिमिरेले ८४२ मत प्राप्त गरेका थिए । त्यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । महामन्त्रीमा भने संस्थापन इतरका उमेश थापा र भुपेन्द्र राई विजयी भएका छन् । 

सहमहामन्त्री (महिला) मा प्रमिला गच्छदार तथा खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका छन् । 
 


Author

थप समाचार
x