आज सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार(आज) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । संसद्को गतिरोध अन्त्य गर्न तथा एमसीसी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको छ।
देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने एमाले नेता शेरबहादुर तामाङले बताए । प्रतिपक्ष र सत्तापक्षीबिच छलफल भए मात्रै सहभागी हुने उनको भनाइ छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया