दल

भाइ केशवलाई बीपीकाे चिठी- हाम्रो सेखपछि छोराहरूले एकता कायम राख्‍नेछन्

इकागज |
पुस ४, २०७८ आइतबार १४:३२ बजे

काठमाडौँ - बीपीले आफ्नो निधनको ७ महिनाअघि भाइ केशव कोइरालालाई सम्बोधन गर्दै एउटा चिठी लेखेका थिए ।  बीपीपुत्र छोरा डा‍. शशांक कोइराला र केशवपुत्र डा. शेखर कोइराला पार्टीको महाधिवेशनमा फरक-फरक कित्तामा उभिएपछि कोइराला परिवारका नयाँ पुस्ताबीचकाे सम्बन्धबारे चर्चा चलेको छ ।

हालै शेखर कोइरालाले एक अन्तर्वार्तामा बीपीले आफ्नो पिता केशव कोइरालालाई लेखेको चिठ्ठीको प्रसंग उठाएका थिए । प्रस्तुत छ, ठीक ४० वर्षअघिको त्याे चिठी:


टाटा मेमाेरियल अस्पताल

बम्बई

१८. ११. ८१ 
कोसु,
मेरो स्वास्थ्यको सम्बन्धमा नोनाले सब कुरा बताउनेछिन् । नोनालाई मैले बम्बई लिएर गएँ । तिमीलाई केही असुविधा भयो होला । हामी दुवैलाई ठूलो रोग लाग्यो । ओखती उपचारले जति दिन धान्छ त्यति धान्ने हो । तिमीले सारा हेरविचार गरेका थियौ । मेरा भाइहरुको ठूलो मद्दतले मैले केही गर्न सकेँ । कोइरालाहरुको केन्द्रभूमि पिताजीको कार्यक्षेत्र विराटनगरमा हाम्रो अस्तित्वको रक्षा तिमीबाट भएको छ । हाम्रो सेखपछि छोराहरुले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन् । 
म सोमबार राति सोझै काठमाण्डु फर्किन्छु । बुनु, गिरिजा र शैलजासँग । शुशीला, प्रकाश, नोना र चेतना बनारस जान्छन् । मैले सकेँ भने १/२ दिनका लागि तिमीसँग भेट्न विराटनगर जानेछु ।
त्यहाँ सबैलाई मैले सम्झेको छ भनिदिनु ।
माया गर्ने 
सान्दाजु


Author

थप समाचार
x