सर्वदलीय बैठक बालुवाटारमा सुरु, ओली गएनन्
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा संसद्को गतिरोध अन्त्य गर्न तथा एमसीसी लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने एमाले नेता शेरबहादुर तामाङले बताए ।
प्रतिपक्ष र सत्तापक्षीबिच छलफल भए मात्रै सहभागी हुने उनको भनाइ छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया