दल

कांग्रेस १४ औँ महाधिवेशन

यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ नेता [सूचीसहित]

९९ जनाको चुनावी भिडन्तबाट कसले कति मत ल्याए ?

इकागज |
पुस ४, २०७८ आइतबार २१:७ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका ३५ जनाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार राती सकिएको मतगणनामा सबैभन्दा धेरै मत ल्याउने ३५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

३५ जनाका लागि खुलामा ९९ जनाले उम्मेद्वारी दिएका थिए । मतपरिणामअनुसार केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणाले पनि सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा युवा, विद्यार्थी नेतादेखि गुण्डानाइके र पत्रकारसम्म छन् । कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित अधिकांश प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका छन् । त्यसमध्ये विवादास्पद गुण्डा नाइकेका रुपमा परिचय बोकेका गणेश लामा समेत छ्न ।

यस्तै विद्यार्थी नेताबाट केन्द्रीय सदस्य बनेका नैनसिंह महर, तरुण दलका अध्यक्ष जितजंग बस्नेत र पत्रकार अजयबाबु सिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्य बनेका छन् ।

चुनावमा सर्वाधिक मत ल्याएर निर्वाचित हुने ३५ जना केन्द्रीय सदस्य र उनीहरुले पाएको मतपरिणाम यसप्रकार छः 


 


Author

थप समाचार
x