जनादेशलाई खण्डित पार्दा संसद विघटन गर्नुपर्यो : महासचिव पोखरेल
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ बर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद बिघटन गरि ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताएका हुन् ।
अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाई छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी नभएको तर्क गरे । उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे ।
उनलाई अनुशाशित पार्टी बनाउदैं देशको ठूलो पार्टी निर्माण गर्नुपर्ने उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया