दल

स्थायी कमिटीमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश

इकागज |
पुस ९, २०७८ शुक्रबार १४:३२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन् । शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गर्नु भएको हो । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा सुरु हँुदैछ । 

सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटीमा बैठकमा पेश गर्नु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले सो प्रतिवेदनमाथि छलफल गर्न अपरान्ह ३ बजेपछि बैठक पुनः बोलाइएको पनि बताए । उनले भने, ‘पर्सीदेखि सम्मेलन सुरु हुँदैछ, तपाईहरुलाई थाहा छ । अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गनु भयो । प्रस्तुत मात्रै भएको छ, बाचन गर्नु भयो । र त्यसमा हामी छलफल गर्ने क्रममा छौं । त्यसका लागि ३ बजे फेरी बैठक बस्दैछ ।’


बैठकले नेकपा मसालसँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।


Author

थप समाचार
x