माओवादी महाधिवेशन : बन्द सत्र सुरु, महराको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन
काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा केही बेरअघि बन्दसत्र सुरु भएको हो । महाधिवेशन बन्द सत्र संचालन गर्न प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।
बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ।
विचारको महाविधेशनकोरूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।
माओवादीले प्रज्ञा भवनमै आइतबार महाधिवेशनको उद्घाटनगरेको थियो । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया