दल

व्यक्तिवादी तानाशाह हावी भए प्राप्त उपलब्धि गुम्छ: अध्यक्ष नेपाल

इकागज |
पुस १३, २०७८ मंगलबार १६:५९ बजे

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्यक्तिवादी तानाशाह हावी भए विभिन्न उपलब्धि गुम्ने खतरा पैदा हुने बताएका छन् । 

मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि वंशीय तानाशाहलाई हटाइसकेको भन्दै व्यक्तिवादी तानाशाह हावी हुन नदिने समेत उल्लेख गरे ।  


उनले मुलुकको परिवर्तनलाई जोगाउनका लागि जनतामा चेतना फैलाउनुपर्ने धारणा पनि राखे । आफ्नो पार्टी अरु पार्टी भन्दा फरक रहेको भन्दै अध्यक्ष नेपालले सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणमा ध्यान दिने उल्लेख गरे ।  

उनले पार्टीमा अघि बढ्न नसक्नेलाई पार्टी छोड्न सुझाव पनि दिए । अध्यक्ष नेपालले एमालेलाई केपी ओलीले कब्जा गरेपछि आफूहरु विद्रोह गरेको भन्दै नयाँ कम्युनिष्ट पार्टी स्थापना गरेको जिकिर गरे । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच एकीकरण भएको थियो । तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए । 


Author

थप समाचार
x