खुरापात र विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिएका छौँ : अध्यक्ष दाहाल
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सही बाटोमा फर्किएको बताएका छन् ।
आफ्नो प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष दाहालले भने, ’ठूलो मेहनत गरेर पार्टीलाई बाटो फर्काएका छौं ।’
दाहालले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी गरे ।
पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया