मुलुकमा राष्ट्रिय एकता आवश्यक : प्रधानमन्त्री देउवा
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार काठमाडौँको सुन्दरीजलस्थीत बिपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा देउवाले अहिले संघीय संरचना अवलम्बन गरेकोभन्दै उनले सात प्रदेशबीच एकता आवश्यक भएको बताए ।
उनले अहिलेको मेलमिलाप भनेको सात प्रदेशबीचको एकता भएको जिकिर गरे । नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मासाथ गरेको उनको भनाइ छ ।
उनले संघीयताका बारेमा मानिसमा अझै पनि संशय पैदा भएकाले मुलुकुलाई एकताबद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले बीपी सङ्ग्रहालयमा रहेको बीपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया