उमेरले हैन, एजेण्डाले देश चल्छ : महामन्त्री शर्मा
पोखरा – नेपाली कांग्रेसले देशभरै ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने क्रममा कास्कीमा पनि शुक्रबार दिवस मनाएको छ । कांग्रेस जिल्ला कार्यसमिति कास्कीले कार्यक्रम आयोजनामा गरी जननायक वीपी कोइरालाको योगदानको स्मरण गर्दै मेलमिलाप दिवस मनाएको हो ।
कांग्रेसका जिल्ला कार्यसमिति सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताए ।
नेपालका कम्युनिस्टहरुले हिंसाको प्रयोग सही समयमा गर्न नसकेको जिकिर गरे । हिंसा र क्रान्ति गरेको केही समयपछि कम्युनिस्टका नेताहरुले पनि बीपी कोइरालाको बयान गर्न थालेको उनले बताए ।
उनले अबको मेलमिलाप भनेको लोकतान्त्रिक चरित्र रहेको बताए । ‘अबको मेलमिलाप भनेको यो लोकतन्त्रलाई सुरक्षित गर्न मेलमिलापको व्यवस्था ठिक छ, हाम्रो व्यवहार ठिक हुनपर्यो,’ उनले भने, ‘हाम्रो व्यवस्था अनुसारको लोकतान्त्रीक कल्चर आजको आवश्यकता हो ।’ कांग्रेसको अब हुने नीति अधिवेशनमा कोही पनि एकपटक भन्दा राष्ट्रपति बन्न नपाउने, दुइपटक भन्दा प्रधानमन्त्री बन्न नपाउने, तीन पटक भन्दा बढी मन्त्री र ४ पटक भन्दा बढि सांसद बन्न नपाइने प्रस्ताव लैजाने सुनाए । शर्माले उमेरहदको व्यवस्था आफूले कहिले नउठाएको बताए । शर्माले भने, ‘एजले हैन एजेण्डाले देश चल्छ, एजेण्डा पाकाको पनि हुनसक्छ, एजेण्डा युवाको पनि हुन सक्छ ।’
८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको उनले सम्झिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
सोही दिनको सम्झना गर्दै ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी ४६ औँ मेलमिलाप दिवस मनाइएको उनले जानकारी दिए । उनले सबै नेताहरु जिल्लाजिल्लामै भएकाले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताए । सोही अवसरमा कास्की कांग्रेसमा योगदान पु¥याएका वृद्धहरुलाई कास्की कांग्रेसले सम्मान गरेको थियो ।
कांग्रेसका निम्ती विभिन्न समयमा जेल जीवन बिताएर, आन्दोलनमा सहभागी भएर, यातना सहेर लगायत विभिन्न समस्यालाई झेल्दै योगदान दिएकाहरुलाई सम्मान गरिएको कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिए । उक्त अवसरमा ७५ वर्ष माथिका ३६ जना सम्मानित भएका थिए ।
कार्यक्रममा नवनिर्वाचित सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु बराल, पूर्व कानुन मन्त्री यज्ञबहादुर थापा, सम्मानितहरु खेमराज बराल लगायतले वीपीले गरेको मेलमिलापको सम्झना गर्दै अहिलेको अवस्थामा पनि सबै दलहरुसँग मेलमिलापको खाँचो रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया