कांग्रेसमा १० नेता केन्द्रीय सदस्यमा मनोनित
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय समितिमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेस नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौडेल, सिंह, गच्छदारसँगै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
केही चुनावमा पराजित भएका र केही उम्मेद्वारी नदिएका नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । प्रकाशमान सिंह सभापतिमा पराजित नेता हुन भने विमलेन्द्र निधि पनि सभापतिमै पराजित उम्मेद्वार हुन् । यस्तै विजयकुमार गच्छदार उपसभापतिमा पराजित
हुन् भने प्रकाशशरण महत महान्त्री देउवा प्यानलबाट पराजित नेता हुन् ।
यस्तै सुजाता कोइराला प्रकाशमान प्यानलबाट उपसभापतिमा पराजित भएका नेता हुन् भने मिनबहादुर विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका नेता हुन् । यस्तै रामचन्द्र र कृष्ण सिटौला कुनै पनि पदमा उम्मेद्वारी दिएका थिएनन् । यस्तै नारायण खड्का र उमा रेग्मी बहालवाला मन्त्री हुन् ।
कांग्रेस विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान अनुसार देउवाले शनिबार १० जनालाई मनोनित गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया