माओवादी केन्द्रीय सदस्य घोषणा : प्रचण्ड परिवारबाट चार जना
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् ।
आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन् ।
उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुष तर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया