राष्टिय सभा निर्वाचन
लुम्बिनीमा एमालेका दुई र कांग्रेसको १ सिटमा चुनाव हुँदै
बुटवल - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको सरगर्मी सुरु भएको छ । तीन सदस्यका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली स्थानमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रमुख निमराज भट्टराईले बताए ।
उनका अनुसार लुम्बिनीबाट महिलामा कोमल वली,अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थान रिक्त भएको छ । वली र चमार एमाले कोटाबाट निर्वाचित भएका हुन् भने पाण्डेय उपचुनावमा गठवन्धनमार्फत कांग्रेसका उमेदवार बनेका थिए ।
सोही पदका लागि निर्वाचन हुन लागेको उनको भनाइ छ । त्यसका लागि दाङको घोराहीमा प्रदेश निर्वाचन कार्यालयमा आवश्यक तयारी थालिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि काम अघि बढाईएको हो ।
निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने छन् ।
गठबन्धन अन्योलमा, एमाले पर्ख र हेरको अवस्थामा
सत्तागठबन्धनले राष्टिय सभाको निर्वाचनमा पनि मिलेर उमेदवारी दिने बताएको छ तर यसको औपचारिक टुंगो अझै लगाएको छैन । कुन दले कति सिट पाउने भन्ने विषय नटुङगिएकोले उमेदवारको विषयमा खासै छलफल नभएको नेपाली कांग्रेसका प्रदेश अध्यक्ष असर पुनले बताए ।
दलीय सहमति मै उमेदवारको अन्तिम टुङगो लाग्ने उनको भनाइ रहेको छ । माओवादी केन्द्रको महाधिवशेन भएको पनि राष्ट्रिय सभा निर्वाचनमा विषयमा गठबन्धन दलभित्र खासै छलफल भएको छैन । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि गठवन्धनको निर्णय कुरेर बसेको छ ।
आन्तरिक छलफल समान्य भएपनि औपचारिकरूपमा उम्मेदवार कसलाई बनाउने भन्ने नभएको एमाले प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले बताए । उनले आकाक्षीहरू भने धेरै न भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया