दल

माओवादीले टुंग्यायो राष्ट्रिय सभाको उम्‍मेद्‌वार

इकागज |
पुस २०, २०७८ मंगलबार ११:११ बजे

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्‍मेद्‌वारको टुङ्गो लगाएको छ ।

माओवादीले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगतलाई उम्‍मेद्‌वार बनाउने निर्णय गरेको हो ।


महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्‍मेद्‌वार छनोटका लागि अधिकार दिएको थियो ।

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । 


Author

थप समाचार
x