दल

प्रदेश मन्त्रीका बुबाकाे निधनमा कांग्रेसद्धारा शोक व्यक्त

इकागज |
पुस २०, २०७८ मगलवार १४:१२ बजे

काठमाडौँ - नेपाली कांग्रेसले गण्डकी प्रदेशका शिक्षा मेखलाल श्रेष्ठका पिता पुननारायण श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेको छ । 

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापतिसमेत रहेका मन्त्री मेखलालका पिता पुननारायणको मंगलबार आफ्नै निवास काठमाडौंमा ९५ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति कांग्रेस दुःख व्यक्त गरेको हो । 


कांग्रेसका सभापति शेरबहादुर देउवाले उनजको निधनप्रति गहिरो दुःख व्यक्त गरेको कांग्रेस सचिव प्रेम केसीले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । 

सभापति देउवाले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 


Author

थप समाचार
x