क्षेत्रीय अधिवेशन नगरी जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने कांग्रेस महोत्तरीकाे चेतावनी
फाइल फाेटाे
महोत्तरी- नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेकाे जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ति जनाएको हो ।
कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।
यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरित जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको बताउँदै जिल्लाका पूर्वमाहासचिव बजरङ्ग नेपालीले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
उनले आजै कांग्रस महाेत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । साे क्रममा उनले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरे । नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया