९८ दिनमा वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, तीन दिनपछि नेपाल फर्किने
काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् ।
उनको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए पनि उनी तीन दिनपछि नेपाल फर्किने भएका छन् ।
माओवादी केन्द्रको महासचिवमा पुनको पनि दाबी भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंगो लगाउन सकेका छैनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया