दल

बाबुरामले दिए दाहाललाई बधाइ

इकागज |
पुस २०, २०७८ मंगलबार १७:४४ बजे

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुप्पकमल दाहाल चयन भएकोमा बधाइ दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले दाहाललाई बधाइ दिएका हुन् ।


भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाइ तथा शुभकामना ।

प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।' 

 


Author

थप समाचार
x