दल

जिल्ला कमिटीका लागि एमालेले ताेक्याे तीन बुँदे मापदण्ड

इकागज |
पुस २२, २०७८ बिहीबार ९:३२ बजे

काठमाडाैं - नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । 
यी हुन् मापदण्ड

१ - पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।


२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । 

३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।


Author

थप समाचार
x