एमाले अधिवेशन :
महोत्तरीमा तयारी शून्य, नेतृत्व चयन प्रक्रियामा मतभेद
फाइल फाेटाे
महोत्तरी- नेकपा एमाले महोत्तरी अधिवेशन ५ र ६ माघमा गर्ने भनिए पनि हालसम्म कुनै तयारी गरेको देखिँदैन । केन्द्रीय माहाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगवाट पदाधिकारी तथा प्रतिनिधि चयन गरेकाले जिल्लामा पनि सोही कार्य दोहोरिने हो कि भन्ने अधिवेशन प्रतिनिधिहरूले आंशका व्यक्त गर्न थालेका छन् ।
चितवनमा सम्पन्न १०औँ महाअधिवेशनमा पार्टीमा लामो समयसम्म योगदान पुर्याएका नेताहरूलाइ समेत नसमेटेको भन्दै आलोचना भइरहेका बेला महोत्तरीमा हालसम्म अधिवेशनको तयारी नगरिनुले थप सशंकित बनाएको नेतारू बताउँछन् ।
१०औँ महाधिवेशनले पनि गुटबन्दी अन्त्य गर्न नसक्दा त्यसको असर जिल्लामा देखिएको छ । आरोप र प्रत्यारोपका बीचमा नै एकथरी नेताहरूले सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् भने अर्काथरी निर्वाचन गराउनुपर्नेमा अडान दिएका छन ।
माओवादीबाट आएकासहितका नेताहरूले अहिले पनि सहमतिमा नै जोड दिनुपर्ने अडान लिँदै आएका छन् । ‘अन्तिम विकल्पको रुपमा मात्र निर्वाचनलाई आत्मासाथ गर्नुपर्छ,’ केन्द्रीय सदस्य तथा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकी बताउँछन् ।
तर, सहमतिले क्षेत्रीय माहाअधिवेशन प्रतिनिधिमा समेत पार्टीभित्र गुट सिर्जना भएको भन्दै निर्वाचन नै पहिलो विकल्प हुने सीताराम झालगायतका नेताहरूको अडान छ ।
१०औँ माहाअधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी, रामदयाल मण्डल जिल्लाको नेतृत्व लिनबाट पछि हटेका छ्न । वरीयताका क्रममा पनि जिल्लास्थित नेताहरूलाई अवसर दिनुपर्ने नेताहरूको भनाइ छ ।
अधिवेशन हुन अझै १५ दिन बाँकी रहँदै संयोजक, इन्चार्जको लागि आकांक्षीहरू निकै देखिएका छन् । आकांक्षीहरूले उम्मेदवार औपचारिकरुपमा घोषणा नगरे पनि नेता, कार्याकर्ताहरूसँग लविङ सुरु गरिसकेका छन ।
महोत्तरीमा सक्रिय सदस्यहरूको संख्या १७ हजार पुगेको नेताहरूको दाबी छ । संख्यात्मक आधारमा पूर्वनिर्णयअनुसार नै चारवटै निर्वाचन क्षेत्रवाट जिल्ला प्रतिनिधि तोक्ने नेकपा एमालेको तयारी छ । तर, तयारीमा देखिएको सुस्तताले जिल्लामा निर्धारण गरिएको ५ र ६ माघको अधिवेशन सफल होला कि नहोला भन्नेमा कार्याकर्ताहरूमा अझै दुविधा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया