राजनीतिक समन्वय समिति बैठक: संसद्को गतिरोध हटाउन एमालेसँग कुरा गर्न प्रधानमन्त्रीलाई आग्रह
फाइल तस्बिर
काठमाडौँ - सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसद्को गतिरोध हटाउनका पहल गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको समिति बैठकले सहमति र सम्झौताका साथ सहमतिको बिन्दु खोज्दै सदनको अवरोध खोल्न आग्रह गरेको हो ।
बैठकपछि समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध, अदालतको समस्या, एमसीसीको विषयलगायतमा सहमति खोज्न आग्रह गरिएको जानकारी दिए। मुलुकमा देखिएको गतिरोध अन्त्य गर्न १६ बुँदे सुझाव बैठकमा पेश गरेको र शुक्रबारदेखि त्यसमा छलफल हुने उनले बताए । उनले प्रधानमन्त्रीलाई प्रतिपक्षी दलका नेतासँग कुरा गर्न पनि अनुरोध गरिएको बताए ।
बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्दै यादव लगाएतका नेताहरु सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया