दल

ओलीले शुक्रबार एमालेकाे ७७ जिल्ला अधिवेशनलाई एकैसाथ सम्बोधन गर्ने

इकागज |
पुस २२, २०७८ बिहीबार १४:११ बजे

काठमाडौँ- एमालेका अध्यक्ष केपी ओलीबीट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । 

ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।


एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो । 


Author

थप समाचार
x