दल

संसद 'डेडलक' भइरहे संकटकालकाे अवस्था आउँछः देव गुरुङ

इकागज |
पुस २३, २०७८ शुक्रबार १२:१२ बजे

फाइल फाेटाे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने संकटकाल सिर्जना हुने अवस्था रहेको बताएका छन् । 

नेता गुरुङले मुलुकमा अहिलेको जस्तै न्यायलय, संसद तथा राजनीतिक गतिविधिहरुमा डेडलक भइरहने हो भने संकटकालको स्थिती सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका हुन् । 


उनले पछिल्लो समयका घटनाक्रमलाई नियाल्दा संसद विघटनको कुरा, संसदीय मूल्य मान्यतालाई अवहेलना गर्ने कुरा भइरहेकोले देश अस्थिरतातर्फ धकेलिएको बताए । 

सञ्चारकर्मीसँग आज कुरा गर्दै नेता गुरुङले देशलाई स्वतन्त्र र बलवान बनाइराख्न फेरि एकपटक राजनीतिक शक्ति मिल्नुको विकल्प नरहेको बताए । 

नेता गुरुङले नेपालमा अहिले न्यायालयमा भइरहेको अवरोधका कारण सबै शक्तिहरु गतिहीन बनिरहेको र यस्तो अवस्थामा बाह्य शक्तिहरुले नेपाललाई क्रिडास्थल बनाउने बताए । 

उनले एमसीसी सम्झौता देशको हीत विपरीत रहेको पनि बताए । यो सम्झौता अमेरिकाको नेपालमा सैन्य शक्ति सञ्चालन गर्ने षड्यन्त्र भएको बताए । अमेरिकाले नेपालमा सन्य रणनीति साझेदारीका लागि अहिलेसम्म आफ्ना तीन वटा रणनीति खेलेको बताए । 

उनले सैन्य रणनीतिमा लैजान यसभन्दा पहिला पनि अमेरिकाले नेपाललाई आईपीएसको अंग बन्यो भनेर घोषणासमेत गरिसकेको तर पछि विरोधका कारण सुनसान बनेको बताए । 

 नेता गुरुङले एमसीसीको माध्यमबाट सैन्य रणनीति बनाउने चल पनि कमजोर बनेपछि अमेरिकाले देशमा भएका सरकारका अंगहरुलाई निस्तेज बनाउने काम गरिरहेको बताए । 


Author

थप समाचार
x