एमाले जिल्ला अधिवेशन :
तेह्रथुममा नेतृत्व सर्वसम्मतकाे प्रयास
फाइल फाेटाे
तेह्रथुम- एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसम्मत चयनको कसरतमा जुटेका छन् ।
जिल्लाको ६ वटै पालिका सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसम्मत चयन गर्न प्रयास गरिरहेको छ ।
जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनि नेतृत्व लिने दाउमा छन् । पूर्वजिल्ला कमिटी अध्यक्ष तेजमान कन्दङवा पनि त्यही दाउमा छन् । शुक्रबारबाट सुरु हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले तेह्रथुमले जनाएको छ ।
पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्व सहमतिको प्रयासमा जुटिरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले जनाकारी दिए । ४१ वटा वडामा सर्वसहमत र दुईवटामा निर्वाचनबाट नेतृत्व चयन गर्दै पालिकाहरू सर्वसहमत र जिल्ला नेतृत्व पनि सर्वसहमत चयनमा जुटिरहेको नेताहरूले बताएका छन् ।
जिल्ला अधिवेशनबाट ८५ जना भूगोलतर्फ र पाँचजना पदाधिकारी निर्वाचित हुने छन् । अधिवेशनका लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधि छनाेट भएका छन् । अधिवेशन शनिबार सम्पन्न हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया