माओवादीको केन्द्रीय समिति बैठक स्थगित
फाइल फाेटाे
काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका कर्मचारी र केही केन्द्रीय सदस्यहरुमा कोभिड संक्रमण देखिएपछि माओवादी केन्द्रले केन्द्रीय समिति बैठक स्थगित गरेको हो ।
केन्द्रीय समिति बैठक पुस २५ गतेलाई डाकिएको थियो । अर्को बैठक माघ ८ गतेलाई तोकिएको माओवादीले जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका पाँच कर्मचारी र केही केन्द्रीय सदस्यलाई कोभिड संक्रमण देखिएको छ । माओवादीले आउँदो केन्द्रीय समितिले पार्टीका पदाधिकारी चयन गर्ने भनेको थियो । केन्द्रीय समिति सरेपछि पदाधिकारी चयन पनि पछि सरेकाे छ ।
काठमाडौँमा यही पुस १० गतेदेखि १७ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनले एक अध्यक्षसहित २३६ जना केन्द्रीय समिति चयन गरेको छ । माओवादीको केन्द्रीय समिति २९९ जनाकाे हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया