दल

पाँच मुख भएकाे सरकार तुइन काटेर जनता नदीमा खसाल्दा पनि बाेल्दैन : ओली

इकागज |
पुस २३, २०७८ शुक्रबार १३:१७ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् ।  पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए । 

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’ 


शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए । 

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा रहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’ 

सरकार गठन सम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे । 


Author

थप समाचार
x