दल

स्पष्ट कार्ययोजनाका साथ अगाडी बढ्छु : सभापति पुन

इकागज |
पुस २३, २०७८ शुक्रवार १८:८ बजे

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफु स्पष्ट कार्ययोजनाका साथ अगाडी बढ्ने बताएका छन् । एउटा समुहको नेतृत्व गर्दै पार्टीको लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएपनि आफु समग्र कांग्रेस कार्यकर्ताको सभापति भइसकेको धारणा राखे ।

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस लुम्बिनी प्रदेश स्पष्ट खाकासहित अगाडी बढ्न गृहकार्य गरिरहेको बताए । ‘लुम्बिनी प्रदेशको स्पष्ट खाका र योजनाका साथ हामी अगाडी बढ्नेछौं,’ उनले भने । पार्टीमा योगदान गर्ने नेता, कार्यकर्ताको लुम्बिनी प्रदेश समितिले उचित मुल्यांकन गर्ने उनको भनाई छ । नेपाली कांग्रेसले आफ्नो अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गरेको बताए ।


‘नेपाली कांग्रेस यस्तो पार्टी हो, तल्लोदेखी माथिल्लो तहसम्म अधिवेशन गर्ने पार्टी हो नेपाली कांग्रेस,’ सभापति पुनले भने । बाँके लगायत १६ जिल्लाको अधिवशेन रोक्नुपर्ने कारण केही नभएको भन्दै किन रोकियो त्यो पार्टीले जान्ने कुरा भएको बताए । अन्य पार्टीले साना काम गर्ने र ठुला प्रचार गर्ने गरेको तर कांग्रेसले ठुला काम गरेर सानो प्रचार पनि नगर्ने गरेको पुर्वमन्त्री समेत रहेका सभापति पुनले औल्याए ।

राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले युवराज शर्मा जस्ता पुराना नेतालाई उम्मेदवार बनाएर उच्च रुपले सम्मान गरेको उनले बताए ।
 


Author

थप समाचार
x