दल

‘सभापति देउवाले आफूखुसी गरे कांग्रेसले चुनाव हार्न सक्छ’

इकागज |
पुस २४, २०७८ शनिबार १७:४७ बजे

फाइल तस्‍बिर

सुनसरी - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुशी गर्न खोजे पार्टीले आगामी चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनि नसकेको बताए । 

सभापति शेरबहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलत रुपमा प्रयोग गरेर नियुक्त गरिएको बताए । सभापति यसरी नै हिड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताए।


उनले भने, “अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्याय संगत हुनु पर्यो । ” उनले थप्दै भने, “ वहाँले विधानलाई टेकेर हिंड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नु भको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।”

त्यस्तो भयो भने पार्टी दुर्घटनामा जाने उनले बताए ।  उनले भने, 'दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने?।'


Author

थप समाचार
x