प्रधानन्यायाधीशले स्वयं निकास दिनु पर्छ : शेखर काेइराला
फाइल तस्बिर
सुनसरी - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताए । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन् ।
न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताउँदै नेता कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास दिनु पर्ने धारणा राखे ।
त्यस्तै नेता कोइरालाले आम नेपाली जनतामा एमसीसीबारे फैलिएको त्रास चिर्न संसद मार्फत छलफल गरेर जे हुन्छ त्यसकाे जानकारी दिन आवश्यक रहेको बताए।
नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सूचारु गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्ने बताए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया