दल

राईले मैदान छाडेपछि एमाले धनकुटाको अध्यक्षमा पराजुली सर्वसम्मत

इकागज |
पुस २५, २०७८ आइतबार ८:४८ बजे

विराटनगर - नेकपा एमाले धनकुटाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणि पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी रहेका निरन राईले मैदान छाडेपछि पराजुली सर्वसम्मत भएका हुन् । पराजुली र राई दुवै धनकुटाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

धनकुटा नगरपालिका–६ स्थित औधोगिक ग्राममा सम्पन्न भएको जिल्ला अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए । 


जिल्ला कमिटीको उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र उपसचिवद्वयमा शिव आङ्ला र सुस्मा राई चयन भएका हुन् । उपाध्यक्ष तामाङ धनकुटा नगरपालिकाका मेयर समेत हुन् । तामाङ र उपसचिव चुनिएका आङ्लाले पनि अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका थिए ।

राईलाई सचिवमा बस्न दवाव दिइएको र चुनावलाई टार्न खोजेको भन्दै उनी समर्थित कार्यकर्ताहरुले राती अधिवेशन स्थलमा होहल्ला गर्दै कुर्सी समेत तोडफोड गरेका थिए ।


Author

थप समाचार
x