श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि एमाले मकवानपुरमा असन्तुष्टि
मकवानपुर- एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन भएका छन् । तर, अध्यक्षका अर्का आकांक्षी बद्री लम्सालले एकपक्षीय रूपमा अध्यक्षसहितको टिम घोषणा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
एमाले मकवानपुरको ११औँ जिल्ला अधिवशेनमा लम्सालको पनि अध्यक्षमा उम्मेदवारी थियो । सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै शनिबार अधिवेशन स्थगित गरी आइतबार बिहान श्रेष्ठको अध्यक्षतामा एक सय पाँच सदस्यीय जिल्ला कमिटी बनाइएपछि एमाले मकवानपुरमा तीव्र असन्तुष्टि देखिएको हाे ।
अध्यक्षका आकांक्षी लम्सालले आफूले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर लोकतन्त्र विरोधी कार्य गरिएको टिप्पणी गरेका छन् । उनले आवश्यक कानुनी प्रक्रियामा जाने प्रतिक्रिया दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया