दल

एमाले जिल्ला अधिवेशन :

बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्षका लागि सहमति हुँदै

इकागज |
पुस २५, २०७८ आइतबार १२:४९ बजे

बैतडी- एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन् । भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार रमिल बम निर्वाचित भइसकेका छन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।


यसैगरी चन्द प्यानलबाट उपाध्यक्षका उम्मेदवार महराले उम्मेदवारी फिर्ता लिए पनि सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् । सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो । 

आजै बिहान ११ बजेबाट मतदान हुने भनिए पनि सहमतिको प्रयास भइरहेकाले मतदान हुन सकेको छैन । जिल्लाभरिबाट पाँच सय ३५ जना प्रतिनिधिले मतदान गर्नेछन् । 


Author

थप समाचार
x