दल

एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म

इकागज |
पुस २६, २०७८ सोमबार २०:२३ बजे

धनकुटा - एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म रहेका छन् ।

यस्तै धनकुटा बहुमुखी क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसाद अधिकारी, यज्ञप्रकाश चापागाँई र कर्मचारी गोविन्द खत्री जिल्ला सदस्य चयन भएका छन् । 


राई राससको महाप्रबन्धकमा बहाल रहेकै बेला एमाले जिल्ला कमिटी सदस्य बनेका हुन् । यता सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका बेला धनकुटामा एमालेले शिक्षक र कर्मचारीलाई जिल्ला सदस्य बनाएको हो । 

पत्रकार महासंघका पदाधिकारी तथा राजनितिक दलमा आवद्ध भएको विषयमा आलोचना भइरहेको छ । 

यस्तै पत्रकार मानवी मोक्तान पनि एमालेको जिल्ला सदस्य बनेकी छन् । मोक्तान रेडियो नेपालमा कार्यरत छिन् । राई र मोक्तान प्रेस चौतारी धनकुटाको तर्फबाट एमाले अधिवेशनको लागि प्रतिनिधि बनेका थिए ।


Author

थप समाचार
x