अर्को पटक पृथ्वीजयन्ती मनाउन बाध्य पार्छौँ : लिङदेन
फाइल तस्बिर
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक सरकारले उपेक्षा गरे पनि अर्को पटक पृथ्वीजयन्ती तथा एकता दिवसलाई राष्ट्रिय दिवसका अवसरमा मनाउन बाध्य बनाउने बताएका छन् । ३००औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारअगाडि पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्दै अध्यक्ष लिङदेनले पृथ्वीनारायण नभएको भए आज देश आज शेरबहादुर देउवा कसरी प्रधानमन्त्री हुन्थे भन्दै प्रश्न गरे ।
'सबैभन्दा माथि देश छ र देशमाथि केही छैन । आज त्यो दिन हो जसले नेपाली भन्ने नाम दियो,' उनले भने, 'एकता दिवसलाई यो पटक सरकारले उपेक्षा गर्यो अर्कोपटक पृथ्वीजयन्ती तथा एकता दिवसलाई राष्ट्रिय दिवसका अवसरमा मनाउन बाध्य पार्छौं । सरकारलाई चुनौती छ । शाह नभएको भए नेपाल हुने थिएन, नेपाल नभएको शेरबहादुर देउवा कहाँको प्रम हुनुहुन्थ्यो ? विद्यादेवी भण्डारी कहाँको राष्ट्रपति हुनुहुन्थ्यो । जसले नेपाल देश दियो, पहिचान दियो, उसलाई सम्मान गर्न लाज मान्ने ? देश कुन दिशातर्फ गइरहेको छ ? कस्तो मान्छेको हातमा नेतृत्व परेको छ ?'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया