एमाले दैलेख अधिवेशन : खसेकोभन्दा ३१ मतपत्र बढी भेटियो
सुर्खेत - नेकपा एमाले दैलेखको निर्वाचनमाखसेको भन्दा ३१ मत बढी भेटिएको छ । बढी मत भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको एमाले नेताहरूले जनाएका छन् ।
सात सय २१ मतदाता रहेकोमा सात सय १८ मत खसेको थियो तर, मतपेटिका खोल्दा सात सय ४८ मतपत्र भेटिएको छ । मतदाता भन्दा मतपत्र बढी देखिएपछि निर्वाचन मण्डलको कार्यक्षमतामाथि प्रश्न उठाइएको छ । फर्जि मतको विषयमा एमाले नेताहरूबीच छलफल भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया