दल

जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

इकागज |
पुस २९, २०७८ बिहीबार १२:४१ बजे

काठमाडौं - राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनकाे मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।

‘कोरोना महामारी बढेपछि १५-१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्नेछौं ।’ संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो ।



Author

थप समाचार
x