दल

पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएँ : प्रकाशमान

इकागज |
पुस २९, २०७८ बिहीबार १५:२४ बजे

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रम सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।


नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गुनासोसमेत गरे ।

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनको भनाइ छ।

‘दुईटा एजेन्डा बोकेर म यस पटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फस्ट राउन्डको म्यान्डेडले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेड त मान्नुपर्यो नि।’

उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैले त्यो मान्डेड मान्यो भनेर टाउकाे दुखाइ छ यहाँ,’ नेता सिंहले भने।

उनले आफू गणेशमान पुत्र भएकै कारणमात्रै राजनीतिमा नआएको पनि प्रष्ट पारे। तल्लो तहदेखि नै आफू संघर्ष गरेर कांग्रेसको राजनीतिमा स्थापित हुँदै आएको सिंहको जिकिर छ।

आफूले दाेस्राे चरणमा सभापतिमा देउवालाई समर्थन गरेपछि ‘पाटी भित्र आफ्नो स्वार्थ पूरा नभएपछि एक थरिले नियाेजित रुपमा आफूमाथि अनावश्यक प्रहार गरेकाे चरित्र हत्याको प्रयास भैरहेकाे समेत बताएका छन् ।

सामाजिक सञ्जाल र सञ्चाचार माध्यममार्फत बारबार अनावश्यक टिकाटिप्पणी भइरहेकाे उनले बताए । उनले भने, 'उनीहरुले चाहे जस्तो गरे प्रकाश मान ठिक उनीहरुकाे इच्छा विपरीत उभिदा प्रकाश मान सिंह अपराध नै गरे जसरी प्रचार गर्छन ।' 


Author

थप समाचार
x