दल

एमाले जिल्ला अधिवेशन

दैलेखमा एमालेको नयाँ नेतृत्वका लागी फेरि मतदान हुने

इकागज |
पुस २९, २०७८ बिहीबार १७:११ बजे

सुर्खेत : एमाले जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो । सोमबार भएको मतदानमा फर्जी मत भेटिएपछि पुन मतदान हुने भएको हो । 

निर्वाचनमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । सात सय २१ मतदाताको रहेको दैलेखमा सात सय १८ मत खसेको थियो । मतगणना गर्ने बेला भने  सात सय ४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले  दैलेखमा फेरी चुनाव हुने जानकारी दिए । 


यता दैलेखमा भएको निर्वाचन विवादबारे वार्ता गराउन नेकपा एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल बिहीबार सुर्खेतबाट दैलेख पुगेका छन् । नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाह पनि केही दिनदेखि दैलेखमै छन् । दैलेखमा अध्यक्षका लागी रवीन्द्र शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा छन् । 


Author

थप समाचार
x