दल

नेकपा (एमाले) कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे

इकागज |
पुस ३०, २०७८ शुक्रवार १८:२८ बजे

काठमाडाैँ – नेकपा(एमाले) कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् ।

पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गरेका हुन् । शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाएका थिए ।


उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएका नेकपा(एमाले) जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।


Author

थप समाचार
x