दल

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

इकागज |
पुस ३०, २०७८ शुक्रबार १९:४४ बजे

खोटाङ – नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् । 

दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् । 


एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिइन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।


Author

थप समाचार
x