गगन र विश्वप्रकाशलाई सूर्य थापाको प्रश्न : यो के रमिता हो ?
काठमाडौँ- भारतले लिपुलेकमा सडक विस्तारबारे कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा’ सार्वजनिक गरेपछि एमाले नेता सूर्य थापाले प्रश्न गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मौन र परराष्ट्र मन्त्रालय बेखबर भएकाले उनीहरूको वक्तव्यबाजी रमिता भएको भन्दै एमाले नेता थापाले प्रश्न गरेका हुन् ।
'महामन्त्रीद्वयको वक्तव्य- प्रष्ट छौँ ! कुरा प्रष्टताको सार्वजनिकीकरण होइन, सरकारले समाधान गर्ने हो त' थापाले भनेका छन् 'यो सरकार कसको नेतृत्वको हो ? देउवा मौन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूको वक्तव्यबाजी ? यो के रमिता हो ?? प्रष्ट जवाफ देऊ ! ।'
महामन्त्रीद्वयकाे वक्तव्य -
— Surya Thapa (@ThapajiSurya) January 14, 2022
प्रष्ट छाैं ! कुरा प्रष्टताकाे सार्वजनिकीकरण हाेइन, सरकारले समाधान गर्ने हाे त! याे सरकार कसकाे नेतृत्वको हाे ? देउवा माैन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूकाे वक्तव्यबाजी ? याे के रमिता हाे ??
प्रष्ट जवाफ देऊ ! pic.twitter.com/7rrPKuWWtd
महामन्त्रीद्वयले जारी गरेको पत्रमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नु भएको भनाइप्रति नेपाली कांग्रृेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’
भारतले सडक विस्तार गरेको बारे कांग्रेसले आफ्नो धारणा ७ बुँदामा प्रस्तुत गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको स्पष्ट उल्लेख गरेको छ । त्यस्तै नेपालको भोगाधिकार र यी भूगोगलमा काययम हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको पनि भनिएको छ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने धारणा पनि थापाले जारी गरेको पत्रमा भनिएको छ ।
‘नेपाल भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अबिलम्ब यो रोकिनुपर्छ’ थापा र शर्माले भनेका छन् । दुई देशबीच पुरानो र ऐतिहासिक सम्बन्ध रहेको भन्दै सीमा सम्बन्धी समस्या समाधान कुटनीतिक माध्यमबाट खोज्न कांग्रेसले भनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया